नेकपा एमालेको सचिवालय बैठक बस्दै

Nepal Cover
२ बैशाख २०८१, आईतवार
image

काठमाडाै । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्दै छ ।

बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५ औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।