April 15, 2024
काठमाण्डौँ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले पर्यटक प्रहरी पोखरालाई दुई विद्युतीय साइकल हस्तान्तरण गरेको छ ।
पोखरा नेपालको पर्यटनको राजधानी घोषणा भएसँगै पर्यटक प्रहरीमा थपिएको जिम्मेवारी र चुनौती सामना गर्न सुरक्षाकर्मीलाई साधन, स्रोत सम्पन्न बनाउन सानो सहयोग गरिएको बोर्डका प्रदेश कार्यालयका निमित्त प्रमुख नवीन पोखरेलले बताए।
आर्थिक वर्ष २०८०, ०८१ मा विनियोजित बजेटबाट किनिएका साइकल जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापा, वडा प्रहरी कार्यालय बैदाम कास्कीका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठ, अध्यागमन कार्यालय कास्कीका प्रमुख शाखा अधिकृत नवराज शर्मा, पर्यटक प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक जगदीश रेग्मी लगायतको उपस्थितिमा पर्यटक प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
प्रकाशित मिति:April 15, 2024
November 23, 2024