मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

Nepal Cover
४ बैशाख २०८१, मंगलवार
image

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथो पटक विश्वासको मत लिने भएका छन् । यादवले आज प्रदेश सभा बैठकमा विश्वासकाे मत लिँदै छन् ।

बैठक दिउँसो १ बजे बाेलाइएकाे छ । काँग्रेसले गत चैत ९ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिन लागेका हुन्।