१ लाख २० हजार घुससहित अख्तियारकाे नियन्त्रणमा

Nepal Cover
६ बैशाख २०८१, बिहीबार
image

काठमाडौँ । कैलालीको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल १ लाख २० हजार घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धिकृत प्रभात पालई घुससहित पक्राउ गरेका हुन्।

पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ परेको आयोगले जनाएकाे छ ।