काठमाडौँका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

Nepal Cover
१० बैशाख २०८१, सोमबार
image


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ । महानगरपालिका भित्र स्थायी बसोबास गर्ने ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकको बिहान ७ बजेदेखि ९ बजेसम्म निजामती कर्मचारी अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको हो ।
महानगरपालिकाले सबै वडा कार्यालयहरुलाई परिपत्र गर्दै आ–आफ्नो वडावासी ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन भनेको छ ।
‘चालु आ.व २०८०-८१ को ‘ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्ने’ कार्यक्रम अन्तर्गत मिति २०८० बैशाख २७ गते काठमाडौँ महानगरपालिका र निजामती कर्मचारी अस्पतालबिच सम्झौता भइसकेको हुँदा ज्येष्ठ नागरिक प्याकेजमा निःशुल्क स्वास्थ्य जाँच गर्न आ–आफ्ना वडावासी ज्येष्ठ नागरिकहरूलाई पठाइदिनु हुन अनुरोध गर्दछु,’ सामाजिक विकास विभागका निमित्त विभागीय प्रमुख विमला कोइरालाद्वारा जारी परिपत्रमा जनाईएको छ ।