मुख्यमन्त्री अधिकारीविरूद्धको मुद्दापनि हेर्दाहेर्दैमा

Nepal Cover
१० बैशाख २०८१, सोमबार
image

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरूद्धको मुद्दापनि सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ।

सोमबार गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा दायर रिट न्यायाधीशद्वय सपना मल्ल प्रधान र शारंगा सुवेदीको इजलासले हेर्दाहेर्दैमा राखेको हो।

मुख्यमन्त्री अधिकारीविरूद्ध पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेले गत चैत्र २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चले यस अगाडि मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर नपर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो।