सशस्त्र प्रहरी निरीक्षक चन्द र शिक्षक कानुविरुद्ध नक्कली प्रमाणपत्रको आरोप

Nepal Cover
१० बैशाख २०८१, सोमबार
image

काठमाडौँ । पर्साको धोबिनी गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरीमा कार्यरत शिक्षक जनार्दन प्रसाद कानुको अध्यापन अनुमति पत्र नक्कली भएको आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेकाअनुसार प्राथमिक तहका शिक्षक कानुले नियुक्ति लिएको देखिएबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा ऐन अनुसारको कैद र जरिवाना सजायको मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल नं. ३६ गण हेडक्वाटर डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्दले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल एण्ड इण्डरमिडीएट एजुकेसन युपीबाट जारी भएको हाइस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप लागेको छ ।

चन्दविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।