रुपन्देहीमा डढेलो निभाउन गएको दमकल नै जलेर ध्वस्त

Nepal Cover
१२ बैशाख २०८१, बुधबार
image

रुपन्देही । रुपन्देहीमा डढेलो निभाउन गएको एउटा दमकल नै जलेर ध्वस्त भएको छ । तिलोत्तमा नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकल बुधवार दिउँसो गणेशनगरको डढेलो निभाउन जाँदा डढेर ध्वस्त भएको हो । तिलोत्तमा–८ गणेशनगरको जंगलमा डढेलो निभाउन गएको दमकलमा हावासँगै एक्कासि आगलागी भएको थियो । दमकलको इन्जिनसहितको भाग पूर्णरूपमा जलेको छ । घटनामा मानवीय क्षति भने नभएको प्रहरी चौकी मंगलापुरले जनाएको छ ।