प्रमुख प्रशासकीय अधिकृत सिंहसहित ९ जनाविरुद्ध मुद्दा दायर

Nepal Cover
१३ बैशाख २०८१, बिहीबार
image

काठमाडौँ । गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कालिकोटको महावै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहसहित ९ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

गाउँपालिका स्थित सिमखेतदेखि ओदा जाने सडक अन्दाजी २५ मिटर मात्र डोजरले खनी मान्छेले काम गरेको बिल बनाउन लगाएको एवं वास्तविक कामभन्दा बढी परिमाणको काम भएको देखाई बढी रकम भुक्तानी लिएको अख्तियारको दाबी छ ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७५-७६ मा सिमखेतदेखि पादमघाटसम्म सडक निर्माण उपभोक्ता समितिमार्फत निर्माण गर्दा कार्य सम्पन्न प्रतिवेदनमा सडकको लम्बाइ ८२० मिटर, चौडाइ ४ मिटर र कडा चट्टान काटिएको परिमाण २०४५ घनमिटर उल्लेख गरेको देखिएको तर ५२० मिटर, चौडाइ औसत ३.७ मिटर र कडा चट्टान काटिएको परिमाण १६९.८० घनमिटर मात्र देखिएको छ ।

यसरी यसरी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी नभएको कामको अठतीस लाख छयहत्तर हजार दुई सय सत्तरी रुपैयाँ हानी नोक्सानी गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।