ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे सचिवमा बढुवा

Nepal Cover
१० पुष २०७५, मंगलवार
image

काठमाडौं–  हिजो सोमबार बसेको मन्त्रिपरिषद बैठकले  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय नीति महाशाखाका सहसचिव दिनेशकुमार घिमिरेलाइ सचिवमा बढुवा गरेको छ ।

२०५२ साल जेठ १४ गते जलस्रोत मन्त्रालयमा इन्जिनियर पदबाट सेवा प्रवेश गरेका घिमिरे विगत ३ वर्ष देखि जलस्रोत तथा सिचाइ मन्त्रालय नीति महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

सचिवमा बढुवा भएपछि उनलाई सोही मन्त्रालयमा पदस्थापन गरिएको भनिएतापनि उनले अहिले सम्म पदस्थापनको पत्र भने पाइसकेका छैनन् ।

घिमिरेले सेवा प्रवेश गरे लगत्तै शुरुमा सुनसरी-मोरङ सिचाइ आयोजना अन्तर्गत चतरा जलविद्युत केन्द्रमा करिब ४ वर्ष जिम्मेवारी सम्हालेका थिए ।

यसैबीच उनि भारतको रुड्की विश्वविद्यालयमा स्नातकोत्तरतहको अध्ययन पुरा गर्न त्यसतर्फ लागे । उनि २०५९ मा अध्ययन पूरा गरि फर्केपछी ७ वर्ष मन्त्रालयमै काम गरे र २०६१ सालमा उनी राजपत्रांकित द्वित्तीय श्रेणी अर्थात् उपसचिव (सिनियर डिभिजनल इन्जिनियर) मा बढुवा पनि भए ।

योसँगै घिमिरे २०६६ सालमा सुपरिटेन्डेन्ड इन्जिनियर अर्थात् सहसचिवमा बढुवा भएका थिए । उनले विद्युत विकास विभागमा करिब ६ वर्ष काम गरि लगभग १५ महिना महानिर्देशकको जिम्मेवारी पनि सम्हालेका थिए ।

ऊर्जा तथा जलविद्युतका नीतिगत विषयमा गहिरो दख्खल भएका घिमिरे पछिल्लो समय मन्त्रालयबाट हुने कार्यसम्पादनमा विशेष भूमिका निर्वाह गर्दै आएका छन् ।