इलाममा खस्यो ५५ प्रतिशत मत

Nepal Cover
१५ बैशाख २०८१, शनिबार
image


इलाम । इलाम निर्वाचन क्षेत्र-२ मा ५५ प्रतिशत मत खसेको छ। साँझ ४ः ३० बजेको तथ्याङ्क अनुसार ६४ हजार मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

खसेको मत सङ्ख्याको आधारमा यो ५५ प्रतिशत हुन आउँछ। निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख १५ हजार ८ सय ८७ मतदाता सङ्ख्या रहेको छ। साँझ ५ बजेसम्म मतदान गर्न मतदाताले पाउने छन्।

कतिपय मतदान केन्द्रमा मतदान गर्न आउने मतदाता सकिए पनि मतदान गर्ने समयअवधिभर पर्खनु पर्ने भएकाले मतपेटिका शिलबन्दी गर्न सकिएको छैन।

शनिबार राति मतपेटिका सङ्कलन गरेर इलाम बजारस्थित सिटी हलमा राखिने छ। सिटी हलमा तारजाली सहित सिसी क्यामेरा जडान गरिएको छ। मतगणना दुई ठाउँमा गर्ने तयारी छ।