इलाम-२ मा बिहान ७ बजेदेखि मतगणना सुरु हुने

Nepal Cover
१६ बैशाख २०८१, आईतवार
image

करिब ५७ प्रतिशत मात्र मतदान भएको आकन गरिएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमै मतदान सकिएको थियाे ।

इलाम २ मा एक लाख १५ हजार ८८९ मतदातामध्ये करिब ६६ हजार अर्थात् करिब ५७ प्रतिशत मत खसेको आकलन गरिएको छ । सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान सकिएको घिमिरेले बताए ।
राति १० बजेसम्म इलाम सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याइने र आइतबार बिहानबाट मतगणना गर्ने सहमति भएको छ ।

शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो। इलाम २ मा एक स्थानका लागि राजनीतिक दलका १२ र स्वतन्त्र उम्मेदवार सातजना गरी १९ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका छन्।