टी-२० विश्वकपका लागि न्यूजिल्याण्डको टोली घोषणा

Nepal Cover
१७ बैशाख २०८१, सोमबार
image

अनुभवी ब्याट्सम्यान केन विलियम्सनलाई कप्तानको जिम्मेवारी दिँदै न्युजिल्यान्ड जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी पुरुष टी-२० विश्वकपका लागि आफ्नो टोली घोषणा गर्ने पहिलो देश बनेको छ।

विलियम्सनसँगै तीव्र गतिको बलिङ जोडी टिम साउथी र ट्रेन्ट बोल्ट जस्ता अनुभवी खेलाडी समेट्दै १५ सदस्यीय टोली घोषणा गरिएको हो। विलियमसनका लागि यो छैटौँ विश्वकप हो । चोटका कारण आरम गरिरहनु भएका डिभोन कोन्वे पनि विश्वकप टोलीमा फर्किनु भएको छ ।

न्युजिल्यान्ड विश्वकपको समूह ‘सी’ मा रहेको छ । न्युजिल्यान्डले जुन ७ तारिख अफगानिस्तानसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । एजेन्सी 

न्युजिल्यान्ड टोली

केन विलियम्सन (कप्तान), फिन एलन, ट्रेन्ट बोल्ट, ग्लेन फिलिप्स, मिचेल स्यान्टनर, माइकल ब्रेसवेल, लोकी फर्गुसन, मार्क च्यापम्यान, डिभोन कोन्वे, म्याट हेनरी, ड्यारिल मिचेल, जिमी निशम, रचिन रविन्द्र, इश सोधी र टिम साउथी ।