May 1, 2024
डडेल्धुरा । डडेल्धुरामा एक महिला बन्चरो प्रहारबाट गम्भिर घाइते भएकी छिन् । जिल्लाको आलिताल गाउँपालिका(२ मटेला बस्ने ३८ बर्षिया डम्मरी देवि देउबालाई उनका ४२ बर्षिया श्रीमान कर्ण बहादुर देउवाले मंगलबार बन्चरो प्रहार गरी गम्भिर घाइते बनाएका हुन् ।
श्रीमान(श्रीमतीको आपसी घरायसी झैझगडा हुँदा श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेको वडा अध्यक्ष प्रमोद मल्लले बताए।
घटनापछि श्रीमतीलाई स्थानियले गांखेत स्वास्थ्य चौकिमा लगेका थिए । त्यहाँ उपचार संम्भव नभएपछि उनलाई धनगढी रेफर गरिएको थियो । अहिले उनको माया मेट्रो अस्पतालमा उपचार भइरेको छ।
उनका श्रीमानलाई हिजो नै नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता कुसुम नायकले बताएका छन् । घाइते महिलाको अवस्था गम्भिर रहेको छ ।
प्रकाशित मिति:May 1, 2024
November 24, 2024