काठमाडौं । भारतले टी-२० विश्वकप क्रिकेट २०२४ का लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा टी-२० विश्वकप क्रिकेटका लागि भारती क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मंगलबार रोहित शर्माको कप्तानीमा आफ्नो टोलीको घोषणा गरेको हो ।
भारतीय टोलीः
रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), सञ्जु सामसन (विकेटकिपर), शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज। रिजर्व: शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खान