इस्कनका संस्थापक अध्यक्ष गुरुङले चढ्दै आएको गाडी नियन्त्रणमा

धर्मगुरु न्यायको निम्ति प्रहरीको शरणमा

  Sampatti News Online

May 1, 2024

काठमाडौ । काठमाण्डौँको बुढानिलकण्ठ क्षेत्रमा झण्डै ४३ रोपनीमा रहेको नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावना मृत संघ (इस्कन) का सस्थापक अध्यक्ष वसन्तपराग गुरुङले चढ्दै आएको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वर्तमान अध्यक्ष प्रदीप भण्डारीले प्रहरी लगाएर नियन्त्रणमा लिएपछि त्यस भावनामा आस्था राख्ने माथी चोट पुगेको बताइएको छ । स्थापना काल देखि त्यस संस्थालाई अहिलेसम्मको अवस्था ल्याउन महत्त्वपूर्ण योगदान पुर्याउने ७३ बर्षिय एक ब्रहमचारी भक्तिसिद्धान्त दास ब्रह्मचारी गुरू गुरुङ ५० वर्षको कडा मेहनत सहितको तपस्या गर्दै भक्तजनको सहयोग लिदै उक्त सस्थालाइ विश्वभरी चिनाएको सादगी गुरुमाथि नै अपमान हुनपुगेको भन्दै अधिबक्ता यज्ञबहादुर बस्नेत न्याय माग्न प्रहरीसामु पुगेको जनाईएको छ ।
सम्पत्ति न्युजलाई प्राप्त जानकारी अनुसार एउटा असल नियतले धर्मप्रति प्रतिबद्ध भएर संस्थागत बिकासमा लागिरहेका भक्तिसिद्धान्त दास ब्रह्मचारी गुरू गुरुङलाई हिडडुल गर्न सहजताको निम्ति भक्तजनको सहयोगले खरिद गरिएको गाडी प्रयोग गरिरहेका उनको गाडी बुढानिलकण्ठ प्रहरीले नियन्त्रणमा लिएको घटनाले फरक मोड लिने देखिएको छ ।
सस्थागत बिकास लागिरहेका अग्रजको सम्मान गर्नुपर्नेमा त्यसो नगरी यस्तो हर्कतले सस्थाको भबिश्यमाथी नै प्रश्न खडा भएको वरिष्ठ अधिबक्ता बस्नेतको भनाइ छ ।
यसैगरी त्यस वडाका अध्यक्ष कृष्ण ठकुरीसँग सम्पर्क गर्दा इस्कनको मन्दिर बनाउन र उक्त संस्था यो ठाउँ सम्म ल्याउन गुरुङले ठुलो योगदान पुर्याएको बताउदै धार्मिक स्थलमा कसैले राजनीति गर्न मिल्दैन उनको न्यायका निम्ति वडाले जे गर्नुपर्ने भएपनी पहलकदमी लिने बताए ।
अध्यक्ष ठकुरीले एकदुई दिनभित्र नै समस्या समाधान हुनेमा आफू बिश्वस्त रहेकोे बताए । सस्थागत बिकासका निम्ति जिवनभरको रगत पसिना बगाएका गुरु गुरुङ पछिल्ला दिन न्यायको निम्ति भगवान पुकारिरहेका छन् भने उनका भक्तहरु न्यायमाग्दै प्रहरीको शरण पुगेको बताइएको छ ।
यसै सन्दर्भमा इस्कनका वर्तमान अध्यक्ष भण्डारीसँग सम्पर्क गर्न खोज्दा फोन लागेन भने सचिबको सम्पर्क नम्बर ९८०१२०५८८० मा पटक–पटक सम्पर्क गर्दा फोन उठेन । उपाध्यक्ष सबिन रेग्मीसँग सम्पर्क गर्दा ब्रह्चारी गुरु गुरुङको सुरुवातका दिनमा ठुलो योगदान भएपनि पछिल्ला दिनमा चित्त बुझ्दोकाम हुन नसक्दा गाडी सँस्थागत गर्न प्रहरी लगाएर नियन्त्रणमा लिएको स्विकार्दै उनले भने–‘म इस्कनको मुख्य अफिस भारतको मायापुरमा छु’ । आफु फर्किएपछी यस बिषयबारे बिस्तृत भन्नेछु भन्दै फोन काटेका छन् ।

प्रकाशित मिति:May 1, 2024