नेपाल वेस्ट इन्डिज एसँग ७६ रनले पराजित

Nepal Cover
१९ बैशाख २०८१, बुधबार
image

काठमाडौं । नेपाल वेस्ट इन्डिज एसँग ७६ रनले पराजित भएको छ। टियु क्रिकेट मैदानमा २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै १५१ रन बनाएर अलआउट भयो।

नेपालका लागि करण केसीले सर्वाधिन २८ रन बनाए। त्यस्तै लोकेश बमले २८, कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल साहले १४, आरिफ शेखले ३, गुल्झन झाले ६, विवेक यादवले ३ र दीपेन्द्र सिंह ऐरीले ७ रन, कमल सिंह ऐरीले ६ र सागर ढकालले ३ रन बनाए।

यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज एले निर्धारित ओभरमा ३ विकेटको क्षतिमा २२७ रन बनाएको थियो। वेस्ट इन्डिज एका लागि जोह्नसन चार्लीज्ले अविजित शतकीय पाली खेलेका थिए। ६१ बलमा उनले १३ चौका र ७ छक्का प्रहार गरे।

त्यस्तै अन्द्रे फ्लेचरले ५३, फेबियन अलुलेनले १९, अलिक एथेन्जेले १७ र किमो पलले १३ रन बनाए। नेपालका लागि करण केसी र सागर ढकालले १-१ विकेट लिए ।

यससँगै वेस्ट इन्डिज एले शृंखलालाई २-१ को स्थितिमा पुर्‍याएको छ । पहिलो खेलमा विजयी भएको नेपाल पछिल्लो दुवै खेलमा पराजित हुन पुग्यो ।