पशुपतिमा विद्युतीय शवदाह निःशुल्क हुने

  Sampatti News Online

May 1, 2024


काठमाडौँ ।
आगामी साउन १ गतेदेखि पशुपति आर्यघाटमा विद्युत् शवदाह निःशुल्क हुने भएको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बुधबार कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् ।
डा. थापाले सेतो सत्तल गुह्वेश्वरीमा बृहत् अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय पनि गरेका छन् । अहिले विद्युतीय शवदाहका लागि ४ हजार ५०० शुल्क लाग्छ ।
पशुपति मन्दिरको गर्भगृहमा जलहरी राख्ने सन्दर्भमा परेको मुद्दामा सदस्य सचिव डा. थापासहित तीन जनालाई विशेष अदालतले बुधबार सफाइ दिएको थियो ।

प्रकाशित मिति:May 1, 2024