क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न आग्रह

  Sampatti News Online

May 1, 2024


काठमाडौं ।
क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ । ३५ दिनभित्र मनोरञ्जन कर तिर्न महानगरले आग्रह गरेको हो । महानगरको राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरेर ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभीज, एलओडी डिस्कोगायतलाई ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । सोे अवधिभित्र कर नतिरे आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने महानगरले चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति:May 1, 2024