क्याच आउट भए कप्तान पौडेल

Nepal Cover
२० बैशाख २०८१, बिहीबार
image

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरूद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ।

पाँचौ विकेटका रूपमा नेपालले कप्तान रोहित पौडेललाई गुमाएको हो। उनी ४७ बलमा ८२ रन जोड्दै क्याच आउट हुन पुगे।

नेपालले यसअगाडि ओपनर आशिफ शेखलाई इनिङको दोस्रो बलमै गुमाउँदा अर्का ओपनर कुशल भुर्तेलले १ रन बनाउँदै क्लिन बोल्ड हुन पुगे।

तेस्रो विकेटका लागि कुशल मल्ल ४ रनमा क्याच आउटहुँदा चौथो विकेटका लागि सन्दीप जोरापनि १९ रन जोड्दै क्याच आउट भए।

नेपाल ताजा अवस्थामा ५ विकेट गुमाउँदै १३.३ ओभरमा १ सय २४ रनमा खेलिरहेको छ।

क्रीतिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्दै नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ।

शनिबार भएको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ माथि नेपालले ४ विकेटले जित निकाल्दा दोस्रो र तेस्रो खेल भने वेस्ट इन्डिज ‘ए’ले जितको थियो।