बस दुर्घटना : २० जनाको मृत्यु, २१ घाइते

  Sampatti News Online

May 3, 2024

एजेन्सी ।पाकिस्तानको कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ भने २१ घाइते भएका छन् ।
पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई खोलामा खस्दा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् ।

प्राप्त जानकारी अनुसार शुक्रबार बिहान ५ः३० बजे डायमरको काराकोरम राजमार्गको यशोखल क्षेत्रमा बस दुर्घटना भएको थियो । रावलपिन्डीबाट गिलगिटतर्फ गइरहेको बसमा कम्तीमा ३८ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि दुर्घटनास्थलमा उद्धार टोली पठाइएको छ भने घाइते तथा शवलाई चिलासको अस्पतालमा लगिएको छ । स्वास्थ्य विभागका निर्देशकका अनुसार मृतकमा तीनजना महिला रहेको छ ।

प्रकाशित मिति:May 3, 2024