राज्यमन्त्री चौधरीद्वारा बर्थिङ सेन्टर शिलान्यास

Nepal Cover
२२ बैशाख २०८१, शनिबार
image

रौतहट । मधेश प्रदेश सरकारका स्वास्थ तथा जनसंख्या राज्य मन्त्री केशव राय चौधरीले रौतहटको कटहरिया नगरपालिका ३ स्थित बर्थिङ सेन्टरको शिलान्यास गरेका छन्।

कटहरिया ३ बिर्ती प्रष्टोका गाउँ छेउ शुक्रवार एक समारोहका बिच विधिवत रूपमा ब्राह्मण द्वारा मन्त्रोच्चारण पश्चात कार्यक्रमका प्रमुख अतिथि राज्य मन्त्री चौधरीले बर्थिङ सेन्टरको शिलान्यास गरेका हुन।

उक्त अवसरमा वडा ३ का अध्यक्ष श्यामाकान्त यादव,४ का अध्यक्ष चन्दन कुशवाहा , वडा अध्यक्ष संन्जय यादब, शिक्षक नेता मणिशंकरनिधि, मेयर प्रत्याशी योगेन्द्र साह, एमाले नेता बिनोद साह, लगायत बुद्धिजीवी,समाजसेवी, युवाहरूको बिशेष उपस्थितिमा रहेको थियो। मधेश प्रदेश सरकारको कुल २५ लाख रुपैयाँको लागतमा तीन महिना भित्र बर्थिङ सेन्टर भवनको निर्माण गरिने योजना रहेको वडा ३ का अध्यक्ष श्यामाकान्त यादवले जानकारी दिएका छन।

बर्थिङ सेन्टर सञ्चालन भएपछि सो क्षेत्रको सैयौं महिलाहरुलाई सुत्केरी गराउन अन्यत्र जानुपर्ने बाध्यताको अन्त हुने स्थानीयहरूले बताएका छन।