सशस्त्र प्रहरीद्धारा १५ लाख बढीको सामान बरामद २ क्विन्टल माछा नष्ट

Nepal Cover
२२ बैशाख २०८१, शनिबार
image

रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले १५ लाख रुपैयाँ भन्दा बढीको बिभिन्न भारतीय सामान बरामद गर्नुका साथै दुई क्विन्टल माछा नष्ट गरेको छ।

राजश्व छली गरी सीमा ईलाका बाट अबैध सामान ओसार पसार गर्ने प्रवृति लाई निरुत्साहित गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटले चलाएको अभियान अन्तर्गत उक्त सामान बरामद गरेको हो।

तस्करहरुले भन्सार छली अबैध रुपमा भित्र्याएको १५ लाख,३३ हजार ३३२ रुपैया बराबरको भारतीय कपड़ा , किराना सामान, नेपाल बाट लागिरहेको १०४ कार्टुन मदिरा, ढुवानीमा प्रयोग भएको ४ थान मोटरसाईकल,६ थान साईकल र दुई क्विन्टल भारतीय माछा बरामद गरीएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एस्पी बिक्रम हुमागाईंले बताएका छन।

बरामद सामानहरू आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा शुक्रवार बुझाईएको तथा बरामद माछा ११ नम्बर गणको हाताभित्र खाडल खनेर पुरिएका सशस्त्र प्रहरीले जनाएको छ ।