May 5, 2024
काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
कीर्तिपुर-रत्नपार्क चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुबाहक बस अचानक कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा वर्ष ४२ का ठेगाना नखुलेका डा. गोविन्द रिजालको ज्यान गएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, वरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
उनका अनुसार आज दिउँसो २ः४५ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका रिजालको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा अपराह्न ज्यान गएको हो । अन्य तीन घाइतेको उपचार भइरहेको छ ।
घाइते हुनेहरुमा बैतडी घर भई कीर्तिपुर बस्ने वर्ष २४ का डम्बर पन्त, वर्ष २४ की बिमला श्रेष्ठ र बसका चालक वर्ष २७ का रमेश लामा रहेका छन् ।
प्रकाशित मिति:May 5, 2024
November 23, 2024