May 6, 2024
सुदूरपश्चिम । कैलाली र कञ्चनपुरबाट एकैदिन बिभिन्न मुद्दाका फरार १४ जना प्रतिवादी पक्राउ परेका छन् ।
कैलालीबाट चेक अनादर मुद्दामा दोषी ठहर गौरीगंगा नगरपालिका वडा नम्बर ७ की ४२ वर्षीया सुस्मादेवी, वन मुद्दामा दोषी ठहर गोदावरी नगरपालिका वडा नम्बर ४ का ४२ वर्षीय प्रेम सिंह, सोही मुद्दामा गोदावरी नगरपालिका वडा नम्बर ४ का ६७ वर्षीय धोजराज भट्टराई, चोरी मुद्दामा १ लाख ७० हजार जरीवाना तोकिएका धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का २८ वर्षीय रामभजन राना पक्राउ परेका हुन् ।
यस्तै, गाली बेईज्जती मुद्दामा दोषी ठहर धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का ६८ वर्षीय रामबहादुर बोगटी, चेक अनादर मुद्दामा गोदावरी नगरपालिका वडा नम्बर ९ का ३४ वर्षीय दिर्घ पार्की र चेक अनादर मुद्दामा टीकापुर नगरपालिका वडा नम्बर १ का ५२ वर्षीय तपेन्द्रबहादुर शाह पक्राउ परेका छन् ।
जिल्ला अदालत कैलालीले विभिन्न मितिमा जरिबाना तथा दोषी ठहर गरेका तर फरार भएका सातै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अदालतबाट दोषी ठहर भएर फरार भएकाहरुलाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए ।
यसैबिच, कञ्चनपुर प्रहरीले पनि ७ जना फरार दोषीलाई पक्राउ गरेको छ । जग्गा अतिक्रमण मुद्दामा दोषी ठहर बेदकोट नगरपालिका वडा नम्बर ७ की ५० वर्षीया हिरा भट्ट, वन मुद्दामा दोषी ठहर पुनर्वास नगरपालिका वडा नम्बर ११ का ६९ वर्षीय चित्रबहादुर थापा, वन मुद्दामा दोषी ठहर पुनर्वास नगरपालिका वडा नम्बर ११ का ७३ वर्षीय जगतराम चौधरी, जालसाची मुद्दामा कृष्णपुर नगरपालिका वडा नम्बर ७ की ४५ वर्षीया प्रेमवती राना, कुटपिट मुद्दामा भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालकी ४० वर्षीया चन्द्रादेवी धामी, २५ वर्षीय मोहन र ३५ वर्षीया भुरीदेवी धामी पक्राउ परेका छन् ।
अदालतले दोषी ठहर गरेका तर लामो समयदेखि फरार भएका सातै जनालाई आइतबार नियन्त्रणमा लिई कैलाली र कञ्चनपुरमा पक्राउ परेका १४ जनालाई प्रहरीले अदालतमा उपस्थित गराएको छ ।
प्रकाशित मिति:May 6, 2024
November 23, 2024