उपत्यकाको वायु अझै ‘अस्वस्थकर’

  Sampatti News Online

May 6, 2024

काठमाडौं । काठमाडौं उपत्यकाको वायु अझै ‘अस्वस्थकर’ छ । वातावरण विभागको सूचकांकमा सोमबार बिहान ११ बजे भैँसेपाटी क्षेत्रको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १८६ मापन गरिएको छ । आइतबार २४ घण्टामा सो क्षेत्रमा औसत एक्यूआई १८६ सम्म पुगेको थियो ।

उपत्यकाका कीर्तिपुर, रत्नपार्क, शंखपार्कलगायत क्षेत्रको एक्यूआई १५० भन्दा माथि देखिएको छ । चितवनको भरतपुर र कास्कीको पोखरामा भने प्रदूषण कम भएको छ । एक साताअघिसम्म भरतपुर र पोखरा उच्च प्रदूषित थिए । सोमबार बिहान ११ बजे भरतपुरको एक्यूआई १३९ र पोखराको ११४ मापन गरिएको छ ।

काठमाडौंपछि राराताल आसपास क्षेत्र बढी प्रदूषित देखिएको छ । सोमबार बिहान सो क्षेत्रको एक्यूआई १६१ पुगेको जनाईएको छ ।

प्रकाशित मिति:May 6, 2024