ब्राजिलमा आँधीका कारण मृत्यु हुनेको संख्या ९० पुग्यो

Nepal Cover
२६ बैशाख २०८१, बुधबार
image

एजेन्सी । दक्षिण ब्राजिलको रियो ग्रान्डे डो सुल आएको आँधीबाट मृत्यु हुनेको संख्या ९० पुगेको छ । रियो ग्रान्डे डो सुल राज्यमा पछिल्लो २४ घण्टामा आएको आँधीबाट मृत्यु हुनेको संख्या ९० पुगेको राज्यको नागरिक सुरक्षा निकायले जनाएको छ। उरुग्वे र अर्जेन्टिनाको सीमानामा रहेको राज्यमा कीर्तिमानी वर्षा, बाढी र पहिरोले १३२ जना बेपत्ता र ३६१ जना घाइते भएका छन्।

विगत आठ दिनमा २ लाख भन्दा बढी बासिन्दाहरूलाई घर छोड्न बाध्य बनाएको छ। राजधानी शहर पोर्टो एलेग्रेलगायत राज्यका ४९७ शहरमध्ये ३८८ मा १४ लाखभन्दा बढी मानिस प्रकोपबाट प्रभावित भएका छन्। शहरको ८५ प्रतिशत भन्दा बढी जनसंख्याले पिउने पानीको पहुँच गुमाएका छन्।

बाढीबाट ७९० विद्यालय प्रभावित, ३८८ वटा क्षति र अन्य ५२ वटा विस्थापितलाई आश्रय दिन सेवा दिइरहेकाले राज्यभर कक्षाहरू स्थगन गरिएको छ। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले प्रकोप स्थलहरूको भ्रमण गरेका छन्।