प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा एमडी डाक्टर हाजिर

Nepal Cover
२८ बैशाख २०८१, शुक्रबार
image

रौतहट २८ बैशाख। रौतहटको कटहरिया स्थित प्राथमिक स्वास्थ केन्द्रमा खाली रहेको दरबन्दीमा एकजना एमडी डाक्टर हाजिर भएका छन्। कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवालको विशेष पहलमा स्वास्थ केन्द्रमा एमडी डाक्टर ज्ञानेश चौधरी हाजिर भएका हुन्। काठमाडौं वीर अस्पतालमा काम गरिसकेका एमडी जेनेरल सर्जन डाक्टर ज्ञानेश चौधरी कटहरिया प्राथमिक स्वास्थ केन्द्रमा शुक्रवार हाजिर भएका छन्।
स्वास्थ्य केन्द्रमा डाक्टर चौधरी हाजिर हुनु अघी मेयर अजय प्रकाशले नगरपालिकको सभाकक्षमा एक समारोहको आयोजना गरी बिशेष रुपमा स्वागत गरेका थिए। उक्त अवसरमा उपमेयर रिता देवी यादव, प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान लगायत कर्मचारी तथा वडा अध्यक्षहरुले डाक्टर चौधरीलाई टिका र फूलमाला लगाई स्वागत गरेका थिए।
प्राथमिक स्वास्थ्य केन्द्रमा एमडी डाक्टरको उपस्थितिले कटहरिया, गुजारा, फतुवा बिजयपुर, देवाही गोनाही , मौलापुर, गरुडा लगायत नगरपालिकाको हजारौँ बिरामीलाई उपचार गराउन सहज हुने मेयर जैसवालले बिश्वास ब्यक्त गरेका थिए।
प्राथमिक स्वास्थ केन्द्र का तत्कालीन प्रमुख डाक्टर धर्मेन्द्र पटेलले प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित रूपमा उपस्थित नभएर बिरामीको उपचार सेवा प्रभावित बनाएको स्थानीयको गुनासो आएपछि मेयर अजय प्रकाश जयसवालले डाक्टर पटेल लाई कार्यवाही गरि हटाएका थिए ।
स्वास्थ्य जस्तो संबेदनसिल ठाउमा कुनै प्रकारको गल्ती आफुलाई स्वीकार नहुने उनको भनाइ छ। नागरिकको स्वास्थ संग कुनै पनि व्यक्तिले खेलवाड गरे दण्डको भागी हुनुपर्नेमा जोद दिएका थिए।