मुख्य सचिव अर्यालको टोली छिन्नमस्तामा

Nepal Cover
२९ बैशाख २०८१, शनिबार
image

काठमाडौ । नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालसहितको टोलीले राजविराजस्थित छिन्नमस्ता गाउँपालिकाको भ्रमण गरेका छन् । आज छिन्नमस्ता आउनुभएका उहाँले सखडा भगवतीको दर्शनसँगै पालिका जनप्रतिनिधिसँग छलफल गरेका छन्

छलफलका क्रममा अर्यालले पालिकाको सर्वाङ्गीण विकासका निमित्त आफूहरू हरेक क्षण तयार रहेको प्रतिबद्धता जनाएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । पालिकाको गौरवको आयोजना सञ्चालन गर्न उनीहरू सहयोग गर्ने प्रतिबद्ध रहेको अध्यक्ष चौधरीले बताए ।

टोलीमा मुख्य सचिव अर्यालसहित, प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद शर्मा, अर्थ मन्त्रालय बजेट माहाशाखाका उपप्रमुख उत्तरकुमार खत्री, आन्तरिक राजस्व कार्यालय इटहरीका प्रमुख खेमराज ओझासहितका व्यक्तिहरू रहेका थिए ।