सञ्चार उपकरण ठेक्काका ‘मास्टर माइन्ड’ विरुद्ध ४० करोडको भ्रष्टाचार मुद्दा

  Sampatti News Online

May 12, 2024

काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रमा उपकरण खरिद गर्दा भ्रष्टाचार भएको निष्कर्षसहित मुद्दा दायर गर्ने निर्णय गरेको छ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले उनीहरूमाथि ४० करोड ८५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ । सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता भएको भनी गत वर्ष दायर भएको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा पौडेललाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । आइतबार मात्रै विशेष अदालतले पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति दिएको थियो ।

अख्तियारले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन मन्त्रालयका तत्कालिन सिडीइ नविन कुमार पोख्रेल, केन्द्रका तत्कालिन लेखा अधिकृत खड्क बहादुर थापा, शाखा अधिकृत हरि बल्लभ घिमिरे र म्याक्स इन्टरनेसनलका सीइओ अकबर हुसैनविरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।

प्रकाशित मिति:May 12, 2024