बागमती प्रदेशः गणिमाइ बाहिनिपती मगरले बृक्षारोपण गरी मनाए जन्मदिन

  Sampatti News Online

May 20, 2024



हेटौंडा । ३ नम्बर प्रदेशका प्रमुख तथा गणिमाइ बाहिनिपती सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले “जन्मदिनलाई सतकर्ममा जोडौँ” अभियानमा एक्यवद्धता जनाउदै आफनो जन्मदिन स्मरण गर्दै हेटौंडा गणमा बृक्षारोपण गरेका छन् । रौतहटबाट पहिलोपटक अभियानका रुपमा सुरु भएको यो अभियानका बारेमा समाचार हेरेपछि प्रभावित भएर बैशाख अन्तिम हप्ता देखी आफ्नो कार्यालय मातहतका साथीहरूको जन्मदिन पनि सो अभियानमा जोड्दै बृक्षारोपण गर्न थालिएको बताउदै हेटौंडा गणबाट सुरु गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
अबका दिनमा मातहतका सबै निकायलाई परिपत्र गरी सकेको बताउदै जन्मदिनमा बागमती प्रदेशका सशस्त्र प्रहरीले एक–एक बृक्ष रोप्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
उनले आफ्नो जन्मदिनलाई स्मरण गर्दै हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेको सशस्त्रको गण भित्र एक बिरुवा समेत रोपेका थिए । कार्यक्रममा हेटौंडा गणका प्रमुख ज्ञानप्रसाद भुर्तेलले समेत अभियानलाई एक्यवद्धता जनाउदै एक बिरुवा रोपेका छन् ।
यस्तै, अभियानका संयोजक तथा तराई बिकास तथा संचार केन्द्र नेपालका अध्यक्ष गोबिन्दप्रसाद चौलागाईंले सशस्त्र प्रहरी बागमती प्रदेशका प्रमुखबाट मातहतका निकायमा पत्राचार गरेर अभियानलाई सामुहिक रुप दिनुभएकोमा धन्यवाद दिदै दिनरातको प्रवाह नगरी राष्ट्रसेवामा सकृय रहेको सशस्त्र प्रहरी बलका हरेक काम समाजमा अनुकरणीय रहेको बताए ।
कार्यक्रममा हाइवे दैनिकका सम्पादक प्रकाशक मनोज साह, सशस्त्र बल हेटौंडाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक, नायब प्रहरी उपरीक्षक, निरीक्षक लागायतका प्रहरी अधिकृतको उपस्थिति रहेको थियो ।
पछिल्लो समय गणिमाइ बाहिनिपती ठाडा मगर बागमती प्रदेशमा आएदेखि आफ्नो सस्थाभित्र रचनात्मक काम गर्दै गोताखोर तालिम देखी फौजलाई विभिन्न सिपसँग जोडिएका काम गराउन सफल हुनुभएको छ। ठाडा मगरले समाज रुपान्तरण तथा परिर्वतनका कामहरुमा सकृयभई प्रदेश भित्रका जनताको मन जित्न सफल भएको देखिएको छ।

प्रकाशित मिति:May 20, 2024