‘जन्मदिनलाई सत्कर्मसंग जोडौँ’ अभियानको चौतर्फी प्रशंसा

अख्तियार हेटौंडाका प्रमुख आचार्यले जनाए एक्यवद्धता

  Sampatti News Online

May 20, 2024

काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका प्रमुख उमाकान्त आचार्यले ‘जन्मदिनलाई सत्कर्मसंग जोडौँ’ अभियानको वृक्षारोपण गर्ने कार्य प्रशंसनिय भएको बताएका छन् ।
तराई विकास तथा संञ्चार केन्द्र नेपालले ‘जन्मदिनलाई सत्कर्मसंग जोडौँ’ अभियान प्रति उनले एक्यवद्धता जनाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा सो अभियानका संयोजक गोविन्दप्रसाद चौलागाई तथा हाईवे न्यूज दैनिकका प्रकाशक मनोजकुमार शाहले सोमबार विहान विरुवा दिदैँ यो अभियानमा जोडिन आयोगका प्रमुख आचार्यलाई आग्रह गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै उनले मानवलाई विरुवा र विरुवालाई मानव आवश्यक पर्ने बताएका छन् । मानवलाई तनाव व्यवस्थापन, हरियाली बातावरण सिर्जना वा अन्य विविध कारणले वृक्षारोपण गर्नु पर्ने अहिलेको आवश्यक्ता रहेको उनको धारणा छ । यस पवित्र अभियानमा जोडिन पाउँदा हर्षित भएको उल्लेख गर्दै उनले प्रशासनिक निकायका कर्मचारीले मात्र वृक्षारोपण गरेमा रुख विरुवाको संख्या बढ्दै जाने बताए ।
यस अभियान अन्तर्गत मकवानपुरमा हुने हरेक कार्यक्रममा आफुले साथ दिने समेत उनले प्रतिवद्धता व्यक्त गरे । रौतहट जिल्लाबाट सुरु भएको यो अभियानले काठमाण्डौ सहित विभिन्न स्थानमा भएको वृक्षारोपण कार्यक्रमको प्रशंसा समेत गरे । सकरात्मक सोचका साथ यो अभियान देशव्यापी रुपमा लैजानु पर्ने अहिलेको आवश्यक्ता समेत भएको उनले औल्याएका थिए ।
उतm कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव तथा अभियानका संयोजक चौलागाईले जन्मदिनलाई सत्कर्मसँग जोडेर परिबेश अनुसार फरक–फरक कार्यक्रमहरु गरेर यो अभियानलाई अगाडी बढाउने बताए । जन्मदिन वा अन्य कुनै शुभ अवसरमा फजुल खर्च गर्नेहरुको संख्या बढिरहेको अवस्थामा यस्ता पुण्य काम गर्नाले समाजलाई सकरात्मक दिशा तर्फ लैजान सहयोग पुग्ने उनले बताए ।
प्रकृतिसंग मानव सम्वन्ध जोडिएकोले प्रकृति नभएमा मानव अस्तित्व नरहने उल्लेख गर्दै यस बारेमा धेरै जानकार भएपनि व्यवहारतः नभएको उनको भनाई छ । प्रकृति नै हाम्रो जिवन हो भन्ने चेतना मानवमा हराउँदै गएको प्रति उनले चिन्ता ब्यक्त गरे । प्रकृतिलाई माया र संरक्षण गर्नु पर्ने धारणा हराउँदै गएकाले यसलाई जागृत गर्ने वेला भएको उनले बताए ।
नेपालको नौलो तथा पहिलो यो अभियानमा कुनै ब्यक्ति तथा संस्थाबाट कुनै प्रकारको आर्थिक सहयोग नमागेको र नलिएको पनि उनले स्पष्ट पारे । जन्मदिनलाई सत्कर्मसंग जोडेर बिदेशी नागरिकले पनि यहाँकोे सिको गर्न सक्ने खालको सकारात्मक नतिजा दिन हरेक ब्यक्तिले आ–आफ्नो तर्फबाट यो अभियानसंग जोडिएर लाग्न समेत उनले सुझाव दिए । अहिले गरेको वृक्षारोपणले भावी पुस्ता सम्मलाई फाईदा पुग्ने उनको तर्क छ ।
हाईवे न्यूज दैनिकका प्रकाशक शाहले यस अभियानमा आफुले पनि साथ दिदै आएको उल्लेख गरेका छन् । देशभरी नै ‘जन्मदिनलाई सत्कर्मसंग जोडौँ’ अभियानलाई लैजाने आयोजकले जनाएको छ ।
पछिल्लो समयमा यो अभियानको चौतर्फी रुपमा प्रशंसा भईरहेको छ ।

प्रकाशित मिति:May 20, 2024