कति छ गृहमन्त्री रवि लामिछानेको सम्पत्ति ? ८० तोला सुन र दशौँ करोडको जग्गा

  Sampatti News Online

May 21, 2024

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गृहमन्त्री लामिछानेले मंगलबार आफ्नोसहित श्रीमती निकिता पौडेलको पनि सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । 

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा १ करोड १२ लाख ४८ हजार बराबरको सुन रहेको देखाइएको हो ।

८० तोला सुन जोडेको उनले पन्ध्रबीस तोला चाँदी देखाइएको छ । यस्तै जग्गा बुढानीलकण्ठ, भक्तपुरलगायतका क्षेत्रमा केही रोपनी जग्गा रहेको देखाइएको छ ।

बुढानीलकण्ठमा तीन करोड पचहत्तर लाख रुपैयाँको जग्गा रहेको भनिएको छ । भक्तपुरमा ११ रोपनी जग्गा रहेको छ । जुन पत्नी निकिता पौडेल र आफ्नो नाममा भनिएको छ । ती जग्गा परिवारको नाउँमा सगोलमा रहेको भनिएको छ ।

पत्नीको नाममा गोपीकृष्ण कम्प्लेक्समा ८ करोड ७५ लाखको शेयर रहेको देखाइएको छ । जुन शेयर २५ प्रतिशत हो । ४२ लाखको गाडी भने पती पत्नी दुवैले मिलेर किनेको देखाइएको छ । नारी टीभी र गोपी कृष्ण मिडिया कम्पनीको मूल्य चार करोड भएको देखाइएको छ ।

प्रकाशित मिति:May 21, 2024