कैलाश सिरोहियालाई धनुषा अदालत लगियो 

Nepal Cover
९ जेष्ठ २०८१, बुधबार
image

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा लगिएको छ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि धनुषा जिल्ला अदालतमा लगिएको छ।

अहिले अदालत आसपासको सुरक्षा व्यवस्था निकै कडा छ । बाक्लो संख्यामा त्यहाँ प्रहरी परिचालन भएका छन् । अदालत जाने सडकमा प्रहरीले घेरा हालेको छ । अदालतमा प्रवेशमा समेत कडाइ गरिएको छ ।

नागरिकता कीर्ते सम्बन्धी कसुरमा अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो । त्यसपछि उनलाई काठमाडौँबाट पक्राउ गरिएको थियो ।