७ वर्षीया बालिलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

Nepal Cover
९ जेष्ठ २०८१, बुधबार
image

विराटनगर । मोरङमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सुन्दरहरैचा नगरपालिका–६ सितापुरी टोलका ४८ वर्षीय ज्ञान बहादुर मगरलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो।

मगरले ७ वर्षीया बालिकालाई शनिबार राति बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ। सोही उजुरीका आधारमा प्रहरी चौकी गछियाले उनलाई पक्राउ गरेको हो।

घट्नाको विषयमा अनुशन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ।