सहकारी प्रकरणः गृहमन्त्रीविरुद्ध विरोध प्रदर्शन गर्ने काँग्रेसको निर्णय

  Sampatti News

May 22, 2024

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडकमा उत्रिने निर्णय गरेको छ ।

सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पहिलो चरणमा शुक्रबार काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने भएको हो । जसअनुसार नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा उतार्ने निर्णय भएको छ ।

बैठकस्थलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै नेतृ डिला संग्रौलाले आवश्यकताको उपत्यकाबाहिर प्रदर्शन गर्न थप कार्यक्रम लैजाने बताइन् ।

प्रकाशित मिति:May 22, 2024