अमेरिकी दूतावासद्वारा सन्दीप लामिछानेको भिसा अस्वीकार

  Sampatti News Online

May 22, 2024

काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ।

सवै डकुमेन्ट पूरा गर्दा पनि भिसा नदिइएको सन्दीपले ट्वीटरमा लेखेका छन् । उनका अनुसार क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिकाका लागि भिषा अप्लाइ गरेका थिए । तर, काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा नदिएको सन्दीपले लेखेका छन् ।

भिसा नदिइएको अचम्म लागेको बताएका छन् । विश्वभरका सवैजसो फ्रेन्चाइजीका अनिवार्य खेलाडी बनिसकेका सन्दीपले अव सीपीएल खेल्न जान गाह्रो हुने बताएका छन् ।

 लामिछानेले सामाजिक सञ्जालबाट यसप्रति दुःख व्यक्त गरेका छन् । यसअघि २०१९ मा पनि उनको भिसा अस्वीकार भएकोमा पछि भिसा पाएका थिए ।

प्रकाशित मिति:May 22, 2024