विकल पौडेल भ्रष्टाचार आरोपमा दोषी ठहर

  Sampatti News Online

May 23, 2024

काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दुई वर्ष कैद र २५ करोड ४७ लाख बिगो भराउने फैसला गरेको हो ।

उनलाई त्यति नै रकम जरिवाना हुने फैसला पनि गरेको विशेष अदालतका उपरजिस्ट्रार एवम प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष वैशाखमा विकल पौडेलसहित विरुद्ध सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति:May 23, 2024