सिरोहियालाई म्याद थपका लागि अदालतमा पेश गरिँदै

Nepal Cover
११ जेष्ठ २०८१, शुक्रबार
image

काठमाडौँ । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज फेरि म्याद थपको लागि अदालतमा पेश गर्न लागेको छ ।

गत बुधवार धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामणी खड्काको इजलासले सिरोहियालाई ३ दिन हिरासतमा राख्न दिएको समय सकिएपछि आज पुनः म्याद थपका अदालतमा पेश गर्न लागेको धनुषा प्रहरीका प्रवक्ता तथा डिएसपी रञ्जन अवाले बताए।

डीएसपी अवाका अनुसार अनुसन्धान जारी रहेकाले सिरोहियालाई दोस्रोपटक म्याद थप्न अदालतमा पेस गरिने भएको हो।

‘अदालतले पहिलोपटक दिएको ३ दिनको म्याद आज सकिँदै छ त्यही भएर पुनः म्याद थपका लागि अदालत पेस गर्न लागिएको हो’ उनले भने, ‘म्याद थप्ने दिन बहस हुन्छ बहस सकेपछि पुनः म्याद थप्ने की छाड्ने त्यो न्यायाधीशको तजबिजले तय गर्नेछ।’

गत बुधवार सिरोहियाको तर्फबाट अधिवक्ता बिनोद शर्मा, रमण कर्ण, नवलकिशोर लाल र किशोर पौडेलले बहस गरेका थिए भने आज काठमाडौंबाट थप अधिवक्ताहरू उनको पक्षमा बहसका लागि जनकपुर आउने बुझिएको छ।