सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको ३ दिन दिनपछि इन्जिनियर पोखरेल मृत फेला

  Sampatti News Online

May 24, 2024

काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको ३ दिन दिनपछि सिनियर डिभिजन इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

बिहीबार बिहान ८ बजे आफ्नै घरको भर्‍याङमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको भक्तपुरकी प्रहरी जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिइन् ।

प्रहरी जिल्ला अधिकारी श्रेष्ठका अनुसार उनको सुसाइड नोट पनि फेला परेको छ । सुसाई आफुखुशी आत्महत्या गरेको उल्लेख गरेको बताइएको छ । उक्त नोटमा पोखरेलले अन्य कसैलाई दोष नदिएको बुझिएको छ ।

विशेष अदालतले जेठ ८ गते पोखरेललाई दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रुपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो ।

प्रकाशित मिति:May 24, 2024