बङ्गलादेशविरुद्धको टी-२० सिरिजमा अमेरिकाको लगातार दोस्रो जित

  Sampatti News Online

May 24, 2024

जेन्सी । अमेरिकाले बङ्गलादेशलाई लगातार दुई खेलमा पराजित गरेको छ। गए राति सम्पन्न टी-२० सिरिजको दोस्रो खेलमा अमेरिकाले बङ्गलादेशलाई ६ रनले पराजित गरेको हो।

जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश १९.३ ओभरमा अलआउट हुँदै १ सय ३८ रनमा समेटिएको हो । बंगलादेशको लागि नाज्मुलहोसिन शान्तोले २६, शाकिब अल हसनले ३०, टोहिड ह्रिदोले २५ र तान्जिद हसनले १९ रन बनाए

अमेरिकाको लागि अलि खानले तीन, सौरभ नेत्राभालकर र शाद्ली भान स्चाल्वाकले दुई/दुई तथा जश्दिप सिंह र कोरी एण्डरसनले समान एक/एक विकेट लिए ।

यसअघि घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो । अमेरिकाको लागि मोनाक पटेलले ४२, एरोन जोन्सले ३५, स्टिभ टेलरले ३१ र कोरी एन्डरसनले ११ रन बनाए ।

बंगलादेशको लागि शोरिफुल इस्लाम, मुस्तफिजुर रहमान र रिषद होसिनले समान दुई/दुई विकेट लिए ।

प्रकाशित मिति:May 24, 2024