हेटौँडामा बसको ठक्करबाट एक जनाको मृत्यु

  Sampatti News Online

May 25, 2024

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थाना भर्‍याङस्थित पूर्व–पश्चिम सडकखण्डमा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सर्लाहीबाट काठमाडौँतर्फ आउदै गरेको ना ७ ख १६७५ नं. को बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार मृतक पुरुषको हाल नामथर वतन खुलेको र मृतक पुरुषको शव हेटौँडा अस्पतालमा राखिएको छ ।

उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति:May 25, 2024