May 28, 2024
काठमाडौं। अब महिला ट्राफिकले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नु नपर्ने भएको छ । महिनावारी भएका बेला महिला ट्राफिक प्रहरीलाई सडकमा नखटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय मङ्गलवारदेखि नै कार्यान्वयनमा आएको छ।
गृहमन्त्री लामिछानेले मङ्गलवार बिहान सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसमा सानो प्रयास भन्दै महिनावारीका सुरुका चार दिन महिला ट्राफिक प्रहरीलाई सडकमा नउतार्ने घोषणा गरेका थिए।
काठमाडौं उपत्यकामा मात्र २ सय भन्दा बढी महिला ट्राफिक प्रहरीका रूपमा कार्यरत छन्। उनीहरूलाई सडकमा नखटाइएका बेला ट्राफिक नियम उल्लंघनकर्ताहरुलाई स्वयं सेवकका रूपमा परिचालन गर्ने तयारी ट्राफिक प्रहरीको छ।
‘अब मापसेलगायत ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई ट्राफिक नियम व्यवस्थापनमा सहयोगीका रूपमा परिचालन गरिने छ’, । यसरी ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई स्वयं सेवकका रूपमा अनिवार्य काम गर्नु पर्ने हो की होइन भन्ने विषय उनले स्पष्ट पारेनन्।
काठमाडौं उपत्यकामा दैनिक ३ हजारभन्दा बढी सवारी चालकलाई ट्राफिक नियम उल्लङ्घनमा कारबाही हुने गरेको छ। त्यसरी कारबाहीमा पर्ने सवारी चालकलाई जरिवाना हुने गरेको छ। कतिपय उल्लङ्घनका कारबाहीमा ट्राफिक कक्षा लिनुपर्ने नियम पनि छ।
प्रकाशित मिति:May 28, 2024
November 23, 2024