बजेट भाषणः खानेपानी क्षेत्रमा २ अर्ब घट्यो

Nepal Cover
१५ जेष्ठ २०८१, मंगलवार
image

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेटबाट खानेपानी तथा सरफाई क्षेत्रमा विनियोजन रकम घटाएको छ ।

आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आवको लागि २६ अर्ब ६३ करोड बजेट घोषणा गरेका हुन् । चालु आर्थिक वर्षमा खानेपानी र सरसफाइ क्षेत्रलाई २८ अर्ब १६ करोड रहेको थियो ।

पुनले ४ लाख ४५ हजार जनता थप खानेपानीबाट लाभान्वित हुने उनले घोषणा गरेका छन् ।