सिडिओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)

  Sampatti News Online

May 29, 2024

काठमाडौं । गृह मन्त्रालयले एकैपटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हो ।

गृहमन्त्री रबि लामिछानेको निर्णय अनुसार १६ जिल्लामा नयाँ सीडीओ खटाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर, काभ्रेपलान्चोक, सुनसरी, नवलपरासी(व.सु.पु.), ईलाम, चितवन, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, भोजपुर, कञ्चनपुर, सर्लाही, सप्तरी, कास्की र पाँचथरका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको हो । ती जिल्लाहरूमा मन्त्रालय तथा विभागमा कार्यरत सहसचिवहरूलाई पठाइएको हो । 

जिल्लाको चाप र परफरमेन्स अनुसार रिक्त जिल्लामा पदपूर्ति गर्नुका साथै केही जिल्लामा सरुवा गरिएको गृहले जनाएको छ । 

सूची :-

प्रकाशित मिति:May 29, 2024