सीमरी मन्दिरमा बती बलेपछि मात्र विश्वप्रसिद्ध गढीमाई मन्दिरमा हुन्छ पूजा

आगामी मंसिर १ गतेदेखि पंचवर्षीय मेला लाग्छ

  Sampatti News Online

May 30, 2024

रौतहट १७ जेठ। जहाँ बती बलेपछि मात्र विश्वप्रसिद्ध बारा गढीमाई मन्दिरमा पूजा गरिन्छ त्यही स्थान रौतहटको गुजरा नगरपालिकाका वडा ३ सिमरी गाउँमा नवनिर्मित गढीमाई मन्दिरको उदघाटन भएको छ।
वडा ३ को विनियोजित रकमबाट सिमरीमा ऐतिहाँसिक गढिमाई मन्दिर निर्माण भई मंगलवार विधिवत रूपमा मेयर सन्तलाल चौधरीले उदघाटन गरेका हुन्। वडाको कोषबाट कुल १० लाख रुपैयाँको लागतमा मन्दिर निर्माणकार्य सम्पन्न भएको वडा अध्यक्ष अशोक चौधरीले बताएका छन। यस अघी स्यानो तथा जीर्ण मन्दिरमा पूजा हुदै आएको थियो।
सिमरी गाउँ स्थित नवनिर्मित गढिमाई मन्दिरमा बती बालेर पुजा गरेपछि मात्र विश्व प्रसिद्ध बाराको ठुलो गढिमाई मन्दिरमा बती बालेर पुजा सुरुहुने परम्परा रहेको छ।
यस पटक सिमरि स्थित गढीमाई मन्दिरका पुजारी तान्त्रिक उमाशंकर धामी कछडिया उक्त मन्दिरमा विधिवत पूजा गरेर बारा बरियारपुर स्थित गढिमाई मन्दिर पुगेपछि मात्र त्यहाँ पुजा सुरुहुने बताईएको छ।यस अघी उनको बुबा दुखन धामी कछाडिया तान्त्रिक पुजारी रहेका थिए। चार वर्ष अघि उनको मृत्यु भएपछि परम्परा अनुसार उनका जेठा छोरा उमाशंकर धामी कछाडिया तान्त्रिक पूजारीको रुपमा जिम्मेवारी पाएका छन्।
प्रत्येक पाँच बर्षमा विश्वप्रसिद्ध बारा स्थित गढीमाई मन्दिर लाग्ने मेलामा नेपाल भारत लगायत संसारको धेरै देशबाट लाखौं मानिस मेलाभर्न आउने गर्दछन्।
पाँचवर्षे मेलाको अवसरमा गढीमाई मन्दिरमा सेतो मूसा,बोका, ,परेवा , सुँगुर,राँगा गरी पञ्चबली दिने परम्परा रहेको छ।
सबैभन्दा बढी बलि चढाउने भएकाले बाराको वरियारपुर स्थित गढीमाई मेलाले अन्तर्राष्ट्रिय चर्चा पाएको छ।
मन्दिर व्यवस्थापन पक्षबाट पञ्चबलि चढाएपछि सर्वसाधारणले भाकलअनुसार बलि चढाउने गर्छन्।
गढीमाई मन्दिरमा तान्त्रिक धामीले आफ्नो शरीरको ५ स्थानबाट रगत निकालेर चढाएरपछि बलि सुरुहुन्छ।
अघिल्लो मेलामा ३५ हजार भन्दा बढी राँगा र हजारौंको संख्यामा बोकाको बलि भएको गढीमाई पुजा ब्यवस्थापन समितिले जनाएको छ भाकल पूरा भएर मेलाभर्न पूजागर्न आउने भक्तजनहरुले हजारौँ परेवा उडाउने गर्छन् ।
बारा गढीमाई मन्दिरमा पूजा हुनु अघी रौतहट गुजारा नगरपालिका ३ सिमरी गाँउमा रहेको गढीमाई मन्दिरमा तान्त्रिक पूजारी उमाशंकर धामी (कछडिया)ले विशेष पुजा, आराधाना गरे सँगै आफ्नो शरीरको पाँचठाउँ बाट रगत निकाली नर वली स्वरुप रगत चढाउने परम्परा रहेको छ। त्यस पछि रांगा, बोका, परेवा र पाठीको बलि दिएर मन्दीरमा बती बालेर तान्त्रिक पूजारी धामी बारा गढीमाई मन्दिरमा जाने गर्दछन्।
तान्त्रिक पूजारी कछाडिया, बारा गढीमाईका मुल पुजारी मंगल चौधरी, अन्य पुजारीहरुका साथमा रही रातभर पुजा हुन्छ । पुजा, आराधनाको प्रभावले ब्रह्मस्थानमा अचानक आफै बत्ती बल्छ र पञ्चबलि हुनेगरेको पूजारी उमाशंकरले बताएका छन। परापूर्वकलदेखि हिन्दू धर्म संस्कृतिमा पशु बलिलाई शक्ति संग जोडेर हेर्ने प्रचलन रही आएको छ । शक्ति स्वरुपा देवीलाई खुसी बनाउन बलि अनिवार्य भएको प्रचलन रहिआएको छ ।
विश्वप्रसिद्ध पञ्च बर्षीय गढीमाई मेला यस बर्ष आगामी मन्दिरमा लाग्दै छ। गढीमाई मेला २०८१ मंसिर १ गते तदनुसार सन 2024 नवम्बर १६ तारिक देखि मंसिर ३० डिसेम्बर १५ तारिक एकमहिना सम्म मेला लाग्ने छ।
गढीमाई मन्दिरमा बिशेस पुजा तथा राङ्गा बलि मंसिर २३ गते तदनुसार डिसेम्बर ८ तारिक र बोका बलि त्यसको भोलिपल्ट मंसिर २४ गते डिसेम्बर ९ तारिक हुने मेला व्यवस्थापन समितिले सार्वजनिक गरेको छ।
बारा गढीमाई मन्दिरमा प्रत्येक पाँच बर्षमा लाग्ने एकमहिने मेलाको लागि स्थानीयहरू एकबर्ष अगाडी देखि तयारी सुरु गर्ने गर्दछन्। सो क्षेत्रको प्रत्येक घरमा आफन्तहरू मेला हेर्न महिना भरी बस्नुभएको कारण आआफ्नो क्षमता अनुसार खाने बस्ने व्यवस्था गर्ने गरेको स्थानीयहरूले बताएका छन्। सञ्जय मिश्रा

प्रकाशित मिति:May 30, 2024