न्याय सेवाका तीन सह–सचिव सचिवमा बढुवा

  Sampatti News Online

May 30, 2024

काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका तीन जना सहसचिवहरुलाई सचिवमा बढुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गत शुक्रबार आयोगले बढुवाका लागि सिफारिस गरेका तीन सहसचिवलाई सचिवमा बढुवा गरेको हो ।

जसमा नेपाल न्याय सेवातर्फका सह न्यायाधिवक्ता खेमराज ज्ञवाली महान्यायाधिवक्ताको कार्यालयमा नायव महान्यायाधिवक्ता। सहसचिव यमबहादुर बुढा मगर न्याय परिषद्को सचिव र सहरजिष्ट्रार भद्रकाली पोखरेललाई सर्वोच्च अदालतमा रजिष्ट्रार पदमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति:May 30, 2024