विभिन्न १७ निर्माण कम्पनी सरकारको कालोसूचीमा

  Sampatti News Online

May 31, 2024

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १७ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । 

जेठ १७ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)बमोजिम आजबाट लागू हुने गरे, १ देखि ३ वर्षसम्मका लागि निर्माण कम्पनीहरूलाई कालो सूचीमा राखिएको हो । 

विभिन्न सार्वजनिक निकायले कालोसूचीमा राख्न  सिफारिस गरेका अनुसार उक्त निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरुलाई आजका मितिदेखि उल्लेखित मितिसम्मका लागि कालोसूचीमा राखिदिएको हो । अब ती कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन पाउने छैनन् ।

तीन वर्षका लागि कालोसूचीमा पर्ने कम्पनीमा ललितपुरको फ्रेण्डस् ट्रेडिङ कन्सर्न, काठमाडौंको बाबा माईचन्द इन्टरनेसनल, धनुषाको स्टार इन्फ्रा एन्ड डेभलपर्स रहेका छन् । बाकिँ १० कम्पनी एक वर्षका लागि तथा तीन कम्पनी २ वर्ष र एक कम्पनी ६ महिनाका लागि कालोसूचीमा परेका छन् ।

कालोसूचीमा परेको कम्पनीहरूको नामावली :

प्रकाशित मिति:May 31, 2024