कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सीबी लामा पक्राउ

Nepal Cover
१८ जेष्ठ २०८१, शुक्रबार
image

काठमाडौँ । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । करिब दुई अर्ब बचत अपचलन गरेको उजुरीको आधारमा काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई चितवनको नेपाल भारत सीमा नजिककाबाट पक्राउ गरेको हो । लामा पशुपति सेभिङ एण्ड क्रेडिटको समेत सञ्चालक हुन् ।

लामासहितको समूहले कान्तिपुर पशुपति सेभिङको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ । यसअघि नै कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल पक्राउ परेका थिए ।

२०८० फागुनमा मल्ललाई प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

सहकारीको बचत अपचलनसम्बन्धी जाहेरी काठमाडौं प्रहरी बृत्तमा परेको थियो ।