भ्रष्टाचारले नेता, कार्यकता र देश बिग्रियोः अध्यक्ष नेपाल

  Sampatti News Online

May 31, 2024

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा देवशंकर पौडेलेको लिखुसँग आत्मसमर्पण विमोचन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा लिनुपर्ने र त्यस रुपमा नै अघि सारिएको बताए। उनले अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भ्रष्टीकरण रहेको बताए। उनले भ्रष्टाचारले नेता, कार्यकता र देश बिग्रिएको समेत औल्याए। उनले समाज विकृति र विसंगतिका कारण बिग्रिरहेको बताउए। उनले देशको योजना बनाउँदा हावादारी योजना बनाउन नहुने बताए ।

अध्यक्ष नेपालले आफूहरु नेपालको राजनीति सहज ढंगले अघि बढ्नुपर्ने पक्षमा रहेको बताए । उनले नेतृत्वमा बस्नेहरुले जनताको चाहना, पीडा र वेदनालाई सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् ।

अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिलाई अघि बढाएर जाने सन्दर्भमा विचार पु¥याउन जरुरी रहेको सोत बताएका छन् ।

प्रकाशित मिति:May 31, 2024